दफा १२
नियुक्तिका लागि अयोग्यता
देहायका व्यक्तिहरू स्वास्थ्य सेवाको पदमा नियुक्ति हुन सक्ने छैनन्ः–
(क) सहायक तहको पदमा अठार वर्ष उमेर पूरा नभएका,
(ख) अधिकृत तहको पदमा एक्काइस वर्ष उमेर पूरा नभएका,
(ग) पैंतालिस वर्ष उमेर पूरा भैसकेका,
तर स्वास्थ्य सेवाका बहालवाला स्थायी कर्मचारी र स्वास्थ्य सेवाको पदमा नियमानुसार नियुक्ति भई अविच्छिन्न रूपमा पाँच वर्ष सेवा अवधि पूरा गरेका बहालवाला अस्थायी कर्मचारीको हकमा उमेरको हद लाग्नेछैन ।
(घ) प्रचलित कानुन बमोजिम स्थापना भएको स्वास्थ्य सम्बन्धी व्यावसायिक परिषद्मा नामदर्ता नभएका र नामदर्ता नवीकरण नभएका,
तर प्रचलित कानुन बमोजिम स्थापना भएको स्वास्थ्य सम्बन्धी कुनै व्यावसायिक परिषद्मा नाम दर्ता हुने व्यवस्था नै नभएको तहको पदमा नियुक्ति हुनको लागि यस खण्डले बाधा पु¥याएको मानिने छैन ।
(ङ) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बरखास्त गरिएका,
(च) गैर नेपाली नागरिक,
(छ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएको ।